तपाईँ सुन्दै हुनुहुन्छः

डोटीमा राजमार्ग किनारमा एक पुरुष मृत फेला

डोटी। डोटीको जोरायल गाउँपालिकामा एक पुरुष मृत अवस्थामा फेला परेका छन्।

जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार जोरायल गाउँपालिका–२, मिलचौराहाका करिब ४१ वर्षीय डम्बरबहादुर गुरुङ बिहीबार बिहान भिमदत्त राजमार्गअन्तर्गत गैरी खोलानजिक सडक किनारमा मृत अवस्थामा फेला परेका हुन्।

स्थानीयवासीले बिहान करिब ६ बजे घटनाबारे इलाका प्रहरी कार्यालय बुडरमा जानकारी गराएपछि प्रहरी वरिष्ठ नायब निरीक्षक लोकेन्द्र सिंह पुजाराको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको थियो।

प्रहरीले घटनास्थलको मुचुल्का उठाई आवश्यक कानुनी प्रक्रिया अघि बढाएको जनाएको छ। गुरुङको मृत्युको कारण खुल्न बाँकी रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button