तपाईँ सुन्दै हुनुहुन्छः

अर्थ सम्बन्धी केही नेपाल कानुनलाई संशोधन र खारेज गर्ने विधेयक २०८३ प्रतिनिधि सभामा प्रस्तुत 

काठमाडौँ। प्रतिनिधिसभाको आजको बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले अर्थ सम्बन्धी केही नेपाल कानुनलाई संशोधन र खारेज गर्ने विधेयक २०८३ प्रस्तुत गर्नुभएको छ ।

बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सेाबिता गौतमले प्रस्तुत गर्नुभएको नेपाल विशेष सेवा ऐन २०४२ को साबिकको व्यवस्था जगाउने सम्बन्धी विधेयक, २०८३ राष्ट्रिय सेवा दल विधेयक २०८३ लाई सभाले दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाएको छ । 

यस्तै प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानुनमन्त्री गौतमले न्याय परिषद्को  वार्षिक प्रतिवेदन २०८१/०८२, न्याय सेवा आयोगको वार्षिक प्रतिवेदन २०८१/०८२ र लोकसेवा आयोगको ६६ औँ वार्षिक प्रतिवेदन सभामा पेस गर्नुभयो ।

प्रतिनिधि सभाको अर्को बैठक भोली बिहान ११ बजे बस्ने छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button