तपाईँ सुन्दै हुनुहुन्छः

नारायणीको कटानबाट सुस्तालाई जोगाउने प्रयास: तटबन्ध निर्माण अन्तिम चरणमा

नवलपरासी।नवलपरासीको सुस्ता क्षेत्रलाई नदी कटान र डुबानबाट जोगाउन नारायणी नदीमा निर्माण भइरहेको तटबन्धको कामले तीव्रता पाएको छ।

विगत लामो समयदेखि वर्षायाममा डुबान र कटानको उच्च जोखिममा पर्दै आएको सुस्तालाई सुरक्षित बनाउन सुरु गरिएको यो आयोजना अहिले अन्तिम चरणमा पुगेको छ।

जलस्रोत तथा सिँचाइ व्यवस्थापन आयोजना भरतपुरका निर्देशक डा. नारायण सुवेदीका अनुसार, तटबन्ध निर्माणको अधिकांश काम सम्पन्न भइसकेको छ र बाँकी रहेका कामहरूलाई पनि द्रुत गतिमा अघि बढाइएको छ। यो तटबन्ध निर्माणसँगै सुस्ता क्षेत्रका स्थानीय बासिन्दाले बर्सेनि भोग्दै आएको बाढी र कटानको त्रासबाट मुक्ति पाउने विश्वास गरिएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button