ढोरपाटनमा घरको पर्खाल भत्किँदा बालकको मृत्यु
बागलुङ । बागलुङको ढोरपाटनमा घरको पर्खाल भत्किँदा एक बालकको मृत्यु भएको छ ।
आइतबार दिउसो १२ बजेको समयमा ढोरपाटन नगरपालिका–२ सलामकोटमा घरको पर्खाल भत्किँदा च्यापिएर बडिगाड गाउँपालिका–५ का पाँच वर्षीय आशिष भण्डारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख प्रहरी उपरिक्षक फर्णिन्द्र प्रसाईँले जानकारी दिनुभयो ।
मावली घर सलामकोटमा बस्दै आएका भण्डारी आँगनमा खेल्दै गर्दा अचानक घरको पर्खाल भत्किएर पुरिएको प्रहरीको भनाई छ । पर्खालले पुरिएर गम्भीर बनेका भण्डारीको उद्धार गरी बुर्तिबाङ प्रादेशिक अस्पतालमा ल्याउँदा डाक्टरले मृत घोषणा गरेको उहाँको भनाइ छ ।







प्रतिक्रिया राख्नुहोस्