राष्ट्रियसभा बैठक: प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त आर्थिक विधेयक २०८३ सर्वसम्मतिले पारित

काठमाडौँ । प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त आर्थिक विधेयक २०८३ लाई आजको राष्ट्रियसभाको बैठकले सर्वसम्मतिले पारित गरेको छ ।
अर्थमन्त्री डा स्वर्णिम वाग्लेले सभामा प्रस्तुत गर्नुभएको आर्थिक विधेयक २०८३ पारित गरी प्रतिनिधिसभामा फिर्ता पठाइयोस् भनी राख्नुभएको प्रस्ताव दफावार छलफलपछि विना सुझाव सभाले सर्वसम्मतिले पारित गरेको हो ।
बैठकमा सांसदले उठाउनुभएको प्रश्नको जवाफ दिँदै अर्थमन्त्री वाग्लेले सरकारले विकास निर्माणमा बाधक मानिएका थुप्रै ऐनहरूको व्यापक सुधार गर्ने प्रक्रिया अघि बढाएको बताउनुभयो ।
सरकारले पुँजीगत खर्च नहुने दशौकौ देखिको लामो समस्या अन्त्य गर्न चाहेको अर्थमन्त्री वाग्लेले बताउनुभयो ।
बैठकमा सांसदहरु सम्झना देवकोटा, रोशनी मेचे, मिनासिंह रखाललगायतले समतामुलक कर व्यवस्थापन र कार्यान्वयनको पक्षलाई सरकारले स्पष्ट पार्नुपर्ने, सरकारले विद्युतमाथि कर थोपर्न नहुने, शिक्षामा तीन प्रतिशत के फिर्ता लिनुपर्नेमा जोड दिनुभयो ।






प्रतिक्रिया राख्नुहोस्