तपाईँ सुन्दै हुनुहुन्छः

भ्रष्टाचार अभियोगमा प्रमुख प्रशासकीय अधिकृतसहित दुई जनाविरुद्ध मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग आयोगले ओखलढुङ्गाको चम्पादेवी गाउँपालिकाको तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृतलगायतलाई भ्रष्टाचार अभियोगमा मुद्दा दायर गरेको छ ।

पलापु खानेपानी लिफ्टको बैङ्क ग्यारेन्टी रकम हिनामिना गरेको तथा आम्दानी नजनाएको भन्ने समेतको उजुरीका सम्बन्धमा छानबिन गर्दा भ्रष्टाचार भएको आयोगको ठहर छ ।

आयोगले चम्पादेवी गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रेमप्रसाद सुवेदी, शिरिस कन्स्ट्रक्सन मध्यपुर ठिमी ६ भक्तपुर र सो कम्पनीका सञ्चालक प्रकाश नाछिरिङ राईविरुद्ध रु १८ लाख ५० हजार बराबरको बिगो दाबी गर्दै मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।

आयोजना सञ्चालनमा क्रममा राखिएको बैङ्क ग्यारेन्टी वापतको कार्यसम्पादन जमानतको रकम आपसी मिलेमतोमा सार्वजनिक सम्पत्ति हिनामिना गरेको आरोप लागेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button