तपाईँ सुन्दै हुनुहुन्छः

रहेनन् कांग्रेसको ‘सादगी’ नेता खरेल

काभ्रेपलाञ्चोक। पूर्वमन्त्री राजेन्द्र खरेलको ८० वर्षका उमेरमा निधन भएको छ । नेपाली कांग्रेसको ‘सादगी’ नेतासमेत रहनुभएका उहाँ पछिल्ला केही वर्षदेखि ‘दम’ रोगबाट पीडित हुनुहुन्थ्यो ।

काठमाडौँको बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा उपचाररतका अवस्थामा गए राति उहाँको निधन उहाँका छोरा महेश खरेलले जानकारी दिनुभयो । महेश पाँचखाल नगरपालिकाका प्रमुख हुनुुहुन्छ ।

सुब्बा देवीप्रसाद र मुकुन्दकुमारी खरेलको माइलो सन्तानको रुपमा विसं २००३ मा काभ्रेको खरेलथोकमा जन्मुभएका राजेन्द्र विसं २०५६ को आम निर्वाचनमा काभ्रेपबाट प्रतिनिधिसभा सदस्य निर्वाचित हुनुभएको थियो । उहाँको संसदीय यात्राका क्रममा तत्कालीन शिक्षा राज्यमन्त्री हुँदै महिला, बालबालिका तथा समाज कल्याणमन्त्रीसमेत हुनुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button