तपाईँ सुन्दै हुनुहुन्छः

संक्रमणकालीन न्यायसम्बन्धी आयोग गठनका लागि सिफारिस समितिको प्रक्रिया अघि बढेको छ : मन्त्री गौतम

काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले संक्रमणकालीन न्याय सम्बन्धी आयोग गठन गर्न सिफारिस समितिको प्रक्रिया अघि बढेको बताउनुभएको छ ।

प्रतिनिधिसभामा विनियोजन विधेयकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री गौतमले लामो समयदेखि बाँकी रहेको सङ्क्रमणकालीन न्यायको प्रक्रियालाई यथाशीघ्र टुङ्गोमा पुर्‍याउन सरकारले उच्च प्राथमिकतामा राखेर र आयोग गठनका लागि सिफारिस समितिको प्रक्रिया अगाडि बढेको बताउनुभयो ।

कानुन मन्त्री गौतमले निःशुल्क कानुनी सहायतालाई थप प्रभावकारी बनाउन र कानुनी सहायता सम्बन्धी नीति २०७६ लाई कार्यान्वयन गर्न एकीकृत कानुनी सहायता विधेयक तयार भइरहेको र आगामी आर्थिक वर्षमा संघीय संसदमा पेश गर्ने जानकारी गराउनुभयो ।

मन्त्री गौतमले निःशुल्क कानुनी सहायता सेवाका लागि ५ करोड रकम विनियोजन भएको, मन्त्रालयले गर्ने कानुनी सहायताका कार्यक्रमका लागि समेत बजेट विनियोजन गरेको जानकारी गराउनुभयो । 

कानुन मन्त्री गौतमले पूर्वाधार सम्बन्धी विवादलाई यथाशीघ्र समाधान गर्न छुट्टै पूर्वाधार न्यायाधिकरण बनाउने विषयमा अवधारण पत्र मन्त्रीपरिषद्बाट स्वीकृत भई विधेयक यथाशीघ्र संसदमा पेश गर्ने गरी मस्यौदा तयार पारिरहेको बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button