राष्ट्रियसभा बैठक: समसामयिक विषयमा सरकारको ध्यानाकर्षण
काठमाडौँ । राष्ट्रियसभाको आज बसेको बैठकमा सांसदहरुले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

बैठकको आकस्मिक र शून्य समयमा बोल्दै सांसदहरु पदम परियार, रोशनी मेचे, जयन्तीदेवी राई, जगत तिमल्सिना, धर्मेन्द्र पासवानलगायतले सुस्ताको भूमिमा नेपाली किसानहरूलाई भारतीय सुरक्षाकर्मी प्रवेश गरी धरपकड गर्न खोज्नु गम्भीर घटना भएकाले यसको कूटनीतिक रुपमा समाधान खोज्न सरकारसँग माग गर्नुभयो ।
सांसदहरुले गत भदौ २३ र ३४ गतेको आन्दोलनका सम्बन्धमा मानव अधिकार आयोगको प्रतिवेदन सार्वजनिक गर्न पनि सरकारसँग माग गर्नुभयो ।
त्यस्तै किसानहरुले उत्पादन गरेका कृषि सामग्रीको बजार सुनिश्चित गर्नु, कैलालीको गोदावरीमा ट्याम्पो भिरबाट लडाइदिएको घटनामा संलग्नलाई तत्काल कारबाही गर्न सांसदहरुले सरकारको ध्यानाकर्षण गराउनुभयो ।
राष्ट्रियसभाको आजको बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रस्तुत गर्नुभएको आर्थिक वर्ष २०८३/०८४ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल हुने र अर्थमन्त्री वाग्लेले उठेका प्रश्नको जवाफ दिने कार्यसूची रहेको छ ।








प्रतिक्रिया राख्नुहोस्