अज्ञात समूहद्वारा वडा कार्यालयमा चोरी र तोडफोड
बैतडी। बैतडीको दोगडाकेदार गाउँपालिका–४ को वडा कार्यालयमा गएराति तोडफोड तथा चोरी भएको छ। अज्ञात समूहले कार्यालयको छतको ढोका फुटाएर ल्यापटप चोरी गरेको वडा अध्यक्ष तर्कराज भट्टले जानकारी दिनुभयो।
उहाँका अनुसार छतबाट प्रवेश गरेका व्यक्तिहरूले काठको ढोका फुटाउँदै सिसिटिभी क्यामेराको तारसमेत चुडाएका छन्। चार्जरसहित ल्यापटप चोरी भएको र अन्य कम्प्युटरका तार पनि क्षतिग्रस्त बनाइएको उहाँले बताउनुभयो।
घटनाबारे जानकारी पाएलगत्तै प्रहरी टोली परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक सुरज सिंहले जानकारी दिनुभयो। घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।







प्रतिक्रिया राख्नुहोस्