विश्वकपमा नेदरल्यान्ड्स र जापानको बराबरी
काठमाडौँ। फिफा विश्वकप २०२६ मा नेदरल्यान्ड्स बराबरीमा रोकिएको छ । सोमबार बिहान भएको खेलमा नेदरल्यान्ड्स जापानसँग २-२ गोलको बराबरीमा रोकिएको हो ।
डाल्लास स्टेडियममा भएको खेलमा नेदरल्यान्ड्सको लागि भर्जिल भान डिज्क र क्रिसेन्सियो सम्मरभिल्लेले समान एक/एक गोल गर्दा जापानको लागि केइटो नाकामुरा र दाइची कामाडाले समान एक/एक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ५० औँ मिनेटमा भान डिज्कले गोल गर्दै नेदरल्यान्ड्सलाई शुरुवाती अग्रता दिलाएका थिए ।
सात मिनेटपछि नाकामुराले गोल गर्दै जापानलाई १-१ गोलको बराबरीमा ल्याए । ६४ औँ मिनेटमा सम्मरभिल्लेले गोल गर्दै फेरी नेदरल्यान्ड्सलाई २-१ गोलको अग्रता दिलाएका थिए । तर ८८ औँ मिनेटमा कामाडाले गोल गर्दै जापानलाई २-२ गोलको बराबरीमा ल्याउँदै नेदरल्यान्ड्सबाट तीन अंक खोसेका हुन् ।
बराबरीसँगै दुवै टोलीले एक/एक अंक बाढेका छन् ।








प्रतिक्रिया राख्नुहोस्