तपाईँ सुन्दै हुनुहुन्छः

विद्यालयको छाना हावाहुरीले उडाएपछि विद्यार्थी खुला आकाशमुनि पढ्न बाध्य

सल्यान। सल्यानका दुईवटा विद्यालयमा केही समयअघि आएको भीषण हावाहुरीले भवनको छाना उडाउँदा बालबालिकाहरूको पठनपाठन अस्तव्यस्त बनेको छ।

गत शनिबार दिउँसो आएको हावाहुरीले कपुरकोट गाउँपालिका-४ गाडापानीस्थित गायत्री आधारभूत विद्यालयको दुई कोठे भवनको छाना उडाउँदा पठनपाठन प्रभावित भएको दृश्य

छाना मर्मतका लागि ढिलाइ हुँदा विद्यार्थीहरू खुला आकाशमुनि वा एकै कोठामा कोचिएर पढ्न बाध्य भएका छन्।

हावाहुरीले कपुरकोट गाउँपालिका ४ गाडापानीमा रहेको गायत्री आधारभूत विद्यालयको दुई कोठे र शारदा नगरपालिका १४ मानेटामा रहेको लक्ष्मी आधारभूत विद्यालयको ४ कोठे भवनको छाना हावाहुरीले उडाएपछि दुई विद्यालयका विद्यार्थी खुला आकाशमा बसेर पढ्न बाध्य भएका हुन । 

गायत्री आधारभूत विद्यालयको शनिबार दिउँसो  र शारदा नगरपालिकाको लक्ष्मी आधारभूत विद्यालयको वैशाख २० जस्तापाता उडाएको हो । हावाहुरीले छाना उडाउँदा विद्यालयको नियमित शैक्षिक गतिविधि अस्तव्यस्त बनेको गायत्री आधारभूत विद्यालयका प्रधानाध्यापक हस्त बहादुर बुढाले बताउनुभयो । विद्यालयमा कक्षाकोठाको अभाव भएपछि कक्षा ८ का ९ जना र कक्षा २ का १२ विद्यार्थीलाई चौरमा राखेर पढाउन थालिएको उहाँको भनाई छ । हावाहुरीले छाना उडाएको भवनको एउटा कोठामा कक्षा ८ का विद्यार्थी अध्ययन गर्दै आइरहेका थिए भने अर्को कोठामा पुस्तकालय रहेको थियो । उहाँले भन्नु भयो कोठाको अभाव भएपछि विद्यार्थीलाई चौरमा राखेर पढाइरहेका छौ । भवन मर्मतका लागि गाउँपालिकामा निवेदन दिएका छौँ । तत्काल सहयोग हुने अपेक्षा गरेका छौ । कक्षा ८सम्म सञ्चालित विद्यालयमा १०८ विद्यार्थी रहेका छन् । 

यस्तै वैशाख २० गते आएको हावाहुरीले चारकोठे भवनको छाना उडाएपछि शारदा नगरपालिका १४ माल्लेटामा रहेको लक्ष्मी आधारभूत विद्यालयका विद्यार्थीलाई एउटै कोठामा राखेर पढाउने कार्य हुँदै आइरहेको छ । कक्षा १ २ र ३ का विद्यार्थीलाई एउटै कोठामा राखेर पढाउनु पर्ने बाध्यता रहेको विद्यालयका प्रधानाध्यापक रेशम गिरीले बताउनु भयो । उहाँले भन्नु भयो हुरीले छाना उडाएको भवनमा पहिले कक्षा ४,५ र ६ सञ्चालन हुन्थ्यो । ती विद्यार्थीलाई अन्य कोठामा राखिएको छ कक्षा १ देखि ३ सम्मका विद्यार्थीको संख्या कम भएकाले एउटै कोठामा राखेर पढाइ रहेका छौ. । 

हावाहुरीले विद्यालयमा पु¥याएको क्षतिको स्थलगत अनुगमन गरी तत्काल भवन पुननिर्माणका लागि लागत इस्टिमेट तथा मुचुल्का तयारी गरी पुननिर्माणको काम अघि बढाइएको कपुरकोट गाउँपालिका उपाध्यक्ष प्रकाश भण्डारीले बताउनु भयो । 

क्याप्सनः गत शनिबार दिउँसो आएको हुवाहुरीले कपुरकोट गाउँपालिका ४ गाडापानीमा रहेको गायत्री आधारभूत विद्यालयको दुई कोठे भवनको छाना उडाउँदा 

प्रतिक्रिया राख्नुहोस्

Back to top button