तपाईँ सुन्दै हुनुहुन्छः

बैतडीमा जिप दुर्घटना: चालक गम्भीर घाइते

बैतडी। बैतडीमा आज (सोमबार) बिहान जिप दुर्घटना हुँदा चालकसहित दुई जना घाइते भएका छन्।

जिल्लाको पुर्चौडीबाट सिल्लेगडातर्फ जाँदै गरेको म १ ज १३९ नम्बरको जिप बिहान करिब ११ बजे दोगडाकेदार गाउँपालिका–३ कुकुडेपानीस्थित भित्री कच्ची सडकखण्डमा आज बिहान जिप दुर्घटना हुँदा चालक गम्भीर घाइते भएका हुन् ।

दुर्घटनामा जिप चालक पुर्चौडी नगरपालिका–९ तल्लादेहीका अन्दाजी ३० वर्षीय कर्णबहादुर बोहरा गम्भीर घाइते भएका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक सुरज सिंहले जानकारी दिनुभयो । चालक बोहराको छाती र टाउकोमा चोट लागेको बताइएको छ।

त्यस्तै जिपमा सवार पुर्चौडी नगरपालिका–८ निवासी अन्दाजी २४ वर्षीया बागमती साउदको दाहिने आँखामा चोट लागेको छ। उनको अवस्था सामान्य रहेको जनाइएको छ। घाइते दुवै जनालाई उपचारका लागि जिल्ला अस्पताल बैतडी पठाइएको प्रहरीले जनाएको छ।

जिप सडकबाट करिब ५० मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ।जिपमा चालकसहित दुई जना मात्र सवार रहेका थिए। दुर्घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button