तपाईँ सुन्दै हुनुहुन्छः

महोत्तरीमा इनार खन्ने क्रममा एक जनाको मृत्यु

महोत्तरी । महोत्तरीको गौशाला नगरपालिका– १२, पररियामा इनार खन्ने क्रममा एक युवकको मृत्यु भएको छ।

आज दिउँसो ३६ फिट गहिरो इनार खन्ने क्रममा निसास्सिएर एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी प्रवक्ता पञ्चलाल गोलेले जानकारी दिनुभयो ।

काठ मेसिन प्रयोग गरेर काट्ने क्रममा सर्लाहीको ईश्वरपुर नगरपालिका– १३ निवासी २२ वर्षीय वसन्तकुमार महतो निसास्सिएर बेहोस भएका  थिए। उनलाई उद्धार गरी ईश्वरपुर नगर अस्पताल बयलबासमा लगिएको उपचारको क्रममा उनको मृत्यु भएको डिएसपी गोलेले जानकारी दिनुभयो । 

घटनाबारे अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button