तपाईँ सुन्दै हुनुहुन्छः

सल्यानबाट १९१ क्युफिट अवैध काठ बरामद 

सल्यान । सल्यानबाट बाँकेको नेपालगञ्ज लिँदै गरेको अवैध काठ सहित ट्रक प्रहरीले नियन्त्रणमा लिएको छ । 

बनगाड कुपिण्डे नगरपालिका १ सल्लीबजारदेखि नेपालगञ्ज लिँदै गरेको १९१ दशमलव ७८ क्युफिट (२३२) थान मसला जातको काठ बरामद गरेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । 

काठ सहित ढुवानीमा संलग्न चालक र सवारी साधनलाई समेत नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक तथा सूचना अधिकारी देवराज भट्टराईले जानकारी दिनु भयो । बरामद गरिएको काठ, चालक र साधनलाई आवश्यक कारबाहीका लागि सव डिभिजन वन कार्यालय बनगाडमा पठाइएको उहाँको भनाई छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button