तपाईँ सुन्दै हुनुहुन्छः

खच्चामा सडक खण्ड अवरुद्ध

सिमकोट (हुम्ला)।कर्णाली करिडोरको हुम्ला खण्डअन्तर्गत सर्केगार्ड गाउँपालिका– १ को खच्चामा सडक अवरुद्ध भएको छ । बुधबार सडक माथिबाट आएको सुक्खा पहिरोको कारण सडक अवरुद्ध हुँदा यातायात सेवा बन्द भएको हो ।

माथिबाट खसेको सुक्खा पहिरोको कारण खच्चा सडक अवरुद्ध रहेको प्रहरीले जनाएको छ । दश मिटरमाथिबाट आएको सुक्खा पहिरोले सडक पुरेको तथा सो पुरेको माटो र ढुङ्गा पन्छाउने कार्य हुन नसकेको कारण यतिबेलासम्म सडक अवरुद्ध रहेको हो ।

पहरो खसेको केही समयपछि उपकरण ल्याउँदा त्यसले पहिरो पन्छाउन नसकेको कारण अहिले ठूला उपकरणको खोजीकार्य भइरहेको छ । उपकरण प्राप्त भएपछि सुक्खा पहिरो पन्छाएर सडक खोलिने जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक शङ्कर खड्काले जानकारी दिनुभयो ।

सडक बन्द हुँदा यसबाट माथिल्लो हुम्लाका पाँच गाउँपालिका आउने यातायातका साधन खच्चामा रोकिएका छन् । यातायातका साधन पनि खच्चा र सर्केगार्डमा रोकिएका छन् । पटकपटक उक्त स्थानमा सुक्खा पहिरो खस्दै आएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button