तपाईँ सुन्दै हुनुहुन्छः

झापामा हावाहुरीले ६० बिघा केरा खेती नष्ट

झापा। सोमबार राति आएको भीषण हावाहुरी र वर्षाका कारण झापामा व्यावसायिक केरा खेतीमा ठूलो क्षति पुगेको छ ।

बाह्रदशी गाउँपालिका–७ स्थित बत्तीसबिघा लगायत क्षेत्रमा लगाइएका केरा बोटहरू हावाहुरीले ढालेर नष्ट गरेको स्थानीयले बताएका छन् । करिब ६० बिघा क्षेत्रफलमा लगाइएका केरा खेतीमा क्षति पुगेको अनुमान गरिएको छ ।

प्रारम्भिक रूपमा करिब ३ करोड रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ । उत्पादन बजार पठाउने तयारीमा रहेका बेला केरा खेती नष्ट भएपछि किसानहरू चिन्तित बनेका छन् ।

यसैबीच क्षतिको विवरण संकलन गर्न झापाका प्रमुख जिल्ला अधिकारीसहित गाउँपालिकाको प्रतिनिधिमण्डलले प्रभावित क्षेत्रमा स्थलगत अनुगमन गरेको छ । अनुगमन टोलीले क्षतिको विस्तृत विवरण संकलन भइरहेको जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button