तपाईँ सुन्दै हुनुहुन्छः

गर्मीको कहर: टीकापुरमा तालिमका क्रममा ७ सशस्त्र प्रहरी जवान बेहोस, उद्धारका लागि सेनाको हेलिकप्टर परिचालन

टीकापुर,कैलाली । टीकापुरमा बेहोस भएका सशस्त्र प्रहरीलाई नेपाली सेनाको हेलिकप्टरले उद्धार गरिरहेको छ ।

नियमित दौडका क्रममा बेहोस भएका सशस्त्र प्रहरीलाई सेनाको हेलिकप्टरले उद्धार गरिरहेको छ । 

सशस्त्र प्रहरी बल नेपाल राजस्व भन्सार तथा औद्योगिक तालिम शिक्षालय टीकापुरमा तालिम लिइरहेका सात जना प्रहरी जवानहरू नियमित दौडको क्रममा बेहोस भएका छन् । आज बिहान ६ बजेको समयमा टीकापुरमा नियमित दौडका क्रममा बेहोस भएका  सात जनालाई टीकापुर अस्पतालमा भर्ना गरिएको थियो । 

अत्यधिक गर्मी ‘हिट स्ट्रोक’का कारण गम्भीर भएका सातै जनाको थप उपचारका लागि बाहिर पठाउनु पर्ने भएपछि नेपाली सेनाको हेलिकप्टर उद्धारका लागि टीकापुर आएको छ । सशस्त्र प्रहरीका अनुसार दुई दुई जनाका दरले प्रहरी जवानहरूलाई सुर्खेत लगिने र त्यहाँबाट ठूलो हेलिकप्टर मार्फत एकै चोटि काठमाडौँ लैजाने तयारी भइरहेको छ । 

बेहोस भएका मध्ये ५ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । पहिलो पटक बिहान १०ः४५ मा दोस्रो पटक ११ः५५ मा गरी हेलिकप्टरले दुई पटक उद्धार गरिसकेको छ । टीकापुर क्षेत्रमा केही दिन यता गर्मी बढेर दिउँसो ४० डिग्री आसपास पुग्ने गरेको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button