तपाईँ सुन्दै हुनुहुन्छः

मेडिकल व्यवसायी दुर्गा प्रसाईँ बीरगञ्जबाट पक्राउ 

वीरगञ्ज  । मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई प्रहरीले आज राती ९ बजे बीरगन्जबाट पक्राउ गरेको छ ।

प्रसाईँलाई वीरगञ्जस्थित दियालो होटलबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय  पर्साले जनाएको छ । 

उहाँलाई कुन कसुरमा पक्राउ गरिएको हो भन्नेबारे प्रहरीले खुलाएको छैन । प्रसाईँसँग केही विषयमा बुझ्नुपर्ने भएपछि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पर्साका डीएसपी हरि बस्नेतले बताउनुभयो ।

राजनीतिक भेटघाट तथा वीरगञ्जस्थित गहवामाई मन्दिरमा पूजापाठ गर्ने उद्देश्यसहित आएका प्रसाईँ आज साँझ सिमरा हुँदै वीरगन्ज आइपुग्नुभएको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button