तपाईँ सुन्दै हुनुहुन्छः

जिल्ला अस्पताल बैतडीको पुरानो गोदाममा आगलागी

बैतडी । जिल्ला अस्पताल बैतडीको पुरानो गोदाममा आगलागी भएको छ । आज दिउँसो करिब  ३ः३० बजेको समयमा आगलागी भएको हो ।

आगलागी भएपछि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको मद्दतमा ४ः०० बजे नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बलदेव बडूले जानकारी दिनुभयो । क्षतिको विवरण आउन बाँकी छ ।

अस्पतालमा पुराना प्रयोग गरिसकेका स्वास्थ्य सामाग्री र लिलामी प्रक्रियामा रहेका सामाग्रीहरू रहेको प्रहरीले बताएको छ । नजिकै फोहोर जलाउन बालिएको आगोबाट आगलागी भएको प्रहरी प्रवक्ता बडूले बताउनुभयो । आगो कसले बालेको हो भन्ने खुलेको छैन । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button