तपाईँ सुन्दै हुनुहुन्छः

बागमती प्रदेशसभाको चालु अधिवेशन आज मध्यरातदेखि अन्त्य

मकवानपुर। बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले आज मध्यरातदेखि प्रदेशसभाको चालु अधिवेशन अन्त्य गर्नुभएको छ । 

उहाँले बागमती प्रदेश मन्त्रीपरिषद्बाट सिफारिसबमोजिम आज राति १२ः०० बजेदेखि अधिवेशन अन्त्य गर्नुभएको हो । 

प्रदेशसभाको हिउँदे अधिवेशनअन्तर्गत २०८२ साल चैत २४, २५ र २६ गते एवं २०८३ साल वैशाख ६ गते बैठक भएको थियो ।रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button