तपाईँ सुन्दै हुनुहुन्छः

जेनजी आन्दोलनमा नख्खु कारागारबाट भागेका कैदी बैतडीबाट पक्राउ

बैतडी। भाद्र २३ र २४ गतेको जेनजी आन्दोलनमा नख्खु कारागार काठमाण्डौबाट भागेका फरार कैदीलाई बैतडी प्रहरीले पक्राउ गरेको छ ।

जबरजस्ती करणी र डाँकाचोरी मुद्दामा १७ वर्ष ६ महिना कैद सुनाइएका बैतडीको पुर्चौडी नगरपालिका वडा नं ७ काफलीका नरेन्द्र सिंह रतोकीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता, प्रहरी निरीक्षक बलदेव बडूले जानकारी दिनुभयो ।

रतोकी गत भाद्र २३ र २४ गतेको जेनजी आन्दोलनको क्रममा नख्खु कारागारबाट भागेका प्रहरी निरीक्षक बडूले बताउनुभयो

पक्राउ परेका रतोकीलाई डडेल्धुरा पठाइएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय पाटनका इन्चार्ज, प्रहरी निरीक्षक इन्द्रराज भट्टको कमाण्डमा खटिएको प्रहरी टोलीले शुक्रबार बिहान ४:३० बजे घरबाटै नियन्त्रणमा लिएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button