तपाईँ सुन्दै हुनुहुन्छः

रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम सुरु

काठमाण्डौँ । नेपाली सेना र सञ्चार जगतबीचको सम्बन्धलाई थप प्रभावकारी, विश्वसनीय तथा व्यावसायिक बनाउने उद्देश्यले जङ्गी अड्डामा “रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम (डिफेन्स करेस्पोन्डेन्ट ओरियन्टेसन प्रोग्राम-डिसीओपी)” सुरु भएको छ ।

​नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार चार दिनसम्म सञ्चालन हुने उक्त कार्यक्रमको शुभारम्भ जनसम्पर्क निर्देशक सहायक रथी राजाराम बस्नेतले गर्नुभयो ।

कार्यक्रममा विभिन्न सञ्चार माध्यममा आबद्ध २९ जना सञ्चारकर्मी सहभागी हुनुहुन्छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button