तपाईँ सुन्दै हुनुहुन्छः

त्रिदेशीय सिरिजमा नेपाल ‘ए’ को लगातार चौथो जित

काठमाडौँ । घरेलु मैदानमा जारी त्रिदेशीय सिरिजमा नेपाल ‘ए’ ले लगातार चौथो जित निकालेको छ ।

शृङ्खलाको चौथो अन्तिम खेलमा खेलमा नेपाल ‘ए’ ले अमेरिकालाई ७ रनले पराजित गर्‍यो । योसँगै नेपाल ए ले चार खेलको अभ्यास सिरिज अपराजित रहँदै समाप्त गरेको छ । नेपालले यसअघि अमेरिकालाई हराइसकेको थियो । स्कटल्यान्डलाई पनि दुवै खेलमा हराएको थियो । 

नेपालले दिएको २६५ रनको लक्ष्य पछ्याएको अमेरिकाले ४९.१ ओभरमा सबै विकेट गुमाएर २५७ रन मात्र बनाउन सक्यो ।

अमेरिकाका शेहान जयसुर्याले सर्वाधिक ७१ रनको इनिङ्स खेले । शुभम रञ्ज ४७, शायन जाहाँगिर ४१, स्मित पटेल ३३ तथा मिलिन्द कुमार ११ रनमा आउट भए ।

नेपालका शेर मल्लले सर्वाधिक ४ विकेट लिए । बसिर अहमदले ३ तथा साहब आलम र पवन सरार्फले समान १ विकेट लिए ।

त्यसअघि माथिल्लो मूलपानी क्रिकेट मैदानमा पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरको अन्तिम बल बाँकी रहँदा सबै विकेट गुमाएर २६४ रन बनाएको थियो ।

नेपालका सन्दीप जोराले सर्वाधिक १११ रन बनाए । बसिर अहमद ३८, मयंन यादव २४, नारायण जोशी १६ तथा पवन सरार्फ २० रनमा आउट भए ।

अमेरिकाका सौरभ नेत्रभाल्करले सर्वाधिक ३ विकेट लिए । यसअघि नेपाल ‘ए’ ले पहिलो खेलमा स्कटल्याण्डलाई ४५ रन र अर्को खेलमा डिएलए मेथडमा ९ रनले हराएको थियो । अमेरिकालाई यसअघि ३ विकेटले पराजित गरेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button