ट्याक्टर दुर्घटनामा परी एक जनाको मृत्यु, दुई घाइते
सल्यान । सल्यानमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।
शुक्रबार दिउँसो दार्मा गाउँपालिका फारुलाचौरबाट भुस खोला जाँदै गरेको रा १ त ४४९५ नम्बरको ट्याक्टर दार्मा गाउँपालिका २ भुस खोलामा दुर्घटना भएको हो । दुर्घटनामा परी दार्मा गाउँपालिका२ का १७ वर्षीय ट्याक्टर चालक प्रदीप वि.क. को मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

गम्भीर घाइते विक.लाई उपचारका लाग थुम्केसल्ली स्वास्थ्य चौकीमा लगिएकोमा स्वास्थ्य चौकीले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक देवराज भट्टराईले जानकारी दिनुभयो ।
यस्तै दुर्घटनामा दार्मा गाउँपालिका २ भुस खोलाका १७ वर्षीय टेक बहादुर वि.क र २२ वर्षीय विशाल वि.क घाइते भएको उहाँको भनाई छ । टेक बहादुरको थुम्केसल्ली स्वास्थ्य चौकीमा उपचार भइरहेको छ भने विशालको थप उपचारका लागि नेपालगञ्ज रिफर गरिएको उहाँले जानकारी दिनुभयो ।







प्रतिक्रिया राख्नुहोस्