हुम्लामा काठको मुढाले लागेर बालकको मृत्यु
हुम्ला । हुम्लामा काठको मुडा लागेर एक जना बालकको मृत्यु भएको छ।
जिल्लाको सर्केगाड गाउँपालिका–८ फुचा गाउँका जोगवीर बुढाका १४ वर्षीय छोरा कविन्द्र बुढाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ।
निलकण्ठ आधारभूत विद्यालय फुचामा कक्षा ७ मा अध्ययनरत कविन्द्र बिहीबार बिहान भेडाबाख्रा चराउन गएका बेला दुर्घटनामा परेका हुन्।
जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायव उपरीक्षक शङ्कर खड्काका अनुसार सर्केगाड गाउँपालिका–८ को भुलभुले पानी क्षेत्रमा काठ चिरान गर्ने क्रममा पल्टाइएको काठको मुडा तल जङ्गलतर्फ पुगेको थियो। सो क्रममा सोही ठाउँका ३९ वर्षीय धनवीर सार्की र २८ वर्षीय सुकवीर सार्कीले काठको मुढा पल्टाउँदा करिब एक सय मिटर तल सिप्का खोलातर्फ रहेका बालकलाई लागेपछि घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
घटनापछि प्रहरी टोली मुचुल्का तथा थप अनुसन्धानका लागि घटनास्थलतर्फ गएको छ। प्रहरीले घटनामा संलग्न दुवै जनालाई नियन्त्रणमा लिएको जनाएको छ।








प्रतिक्रिया राख्नुहोस्