सेउती खोला किनारमा खेल्ने क्रममा खाल्डोमा जमेको पानीमा डुबेर दुई बालकको मृत्यु
सुनसरी । सुनसरीको रामधुनी नगरपालिका–६ स्थित सेउती खोला किनारमा खेल्ने क्रममा डुबेर दुई बालकको मृत्यु भएको छ।
मृत्यु हुनेमा ढेडिगाउँका ६ वर्षीय प्रनिक चौधरी र ९ वर्षीय विकास चौधरी रहेका सुनसरी प्रहरीले बताएको छ ।
प्रहरी उपरीक्षक केशवकुमार थेबेका अनुसार खोला किनारमा खेलिरहेका बेला खाल्डोमा जमेको पानीमा डुबेका दुवै बालकलाई तत्काल उद्धार गरी उपचारका लागि लगिएको थियो। तर उपचारकै क्रममा उनीहरूको मृत्यु भएको प्रहरीले जनाएको छ।
वर्षायाम नआउँदै खोलानाला तथा पानी जम्ने स्थानहरू बालबालिकाका लागि जोखिमपूर्ण बन्न थालेको भन्दै अभिभावकलाई विशेष सतर्कता अपनाउन प्रहरीले आग्रह गरेको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।








प्रतिक्रिया राख्नुहोस्