मुख्यमन्त्री कमल शाहद्वारा प्रादेशिक जोगबुढा अस्पतालको उद्घाटन

डडेल्धुरा । डडेल्धुरा जिल्लाको भित्री मधेस क्षेत्रमा स्थापना भएको प्रादेशिक जोगबुढा अस्पतालको एक औपचारिक कार्यक्रमका बिच बिहीबार सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाहले उद्घाटन गर्नुभएको छ ।
परशुराम नगरपालिका स्थित जोगबुढा अस्पताल प्रादेशिक अस्पतालमा स्तरोन्नति भएपछि मुख्यमन्त्री शाहले अस्पतालको उद्घाटन गर्नुभएको हो ।
मुख्यतया जनताको स्वास्थ्य सेवालाई मध्यनजर गरेर प्रदेश सरकारले जोगबुढा अस्पताललाई ५० शय्याको अस्पतालमा परिणत गरेर स्वास्थ्य सेवा प्रभावकारी बनाउने गरि अघि बढ्ने बताउनुभयो ।

अस्पताल जस्तो क्षेत्रलाई राजनीतिबाट मुक्त गरेर जनताको स्वास्थ्य प्रति संवेदनशील भएर काम गर्नुपर्नेमा सबैसरोकारवाला पक्षहरूको समन्वय सहकार्य हुनुपर्नेमा मुख्यमन्त्री शाहले जोड्दिनुभयो ।
भित्रीमद्येश क्षेत्रको जनघनत्वको चापलाई मध्यनजर गरेर अस्पतालको वृद्धि बिकास भएको बताउनुहुँदै उहाँले अस्पतालको भौतिक संरचना सगैं स्वास्थ्य सेवाको गुणस्तरमा समेत ध्यान दिइने बताउनुभयो ।
कार्यक्रममा सुदूरपश्चिम प्रदेशका सामाजिक बिकास मन्त्री हेमराज खड्काले अस्पतालको स्तरोन्नति सगैं सेवा प्रवाहलाई प्रभावकारी बनाउने गरि मन्त्रालयले योजना अघि सारिरहेको बताउनुभयो ।
सुदूरपश्चिम प्रदेश सरकारले चारवटा अस्पताललाई प्रादेशिक अस्पतालमा स्तरोन्नति गरेको बताउनुहुँदै जनताको स्वास्थ्यलाई ध्यानमा राखेर सहज र व्यवस्थित बनाउन यस्तो कदम चालिएको बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्