मुख्यमन्त्रीको घर र कार्यालयमा छापा, छानबिनमा सहयोग गर्ने प्रतिबद्धता
मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्रीले आफ्नो निवास र सम्बद्ध कार्यालयमा भएको छापामारीप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै कानूनी छानबिनमा पूर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।।

आज वैशाख २१ गते सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले हेटौँडा र काठमाडौँस्थित मुख्यमन्त्रीको घर तथा उनी संलग्न रहेको बानियाँ निर्माण सेवाको कार्यालयमा छापा मारी कागजात नियन्त्रणमा लिएको हो। उक्त घटनापछि जारी प्रेस विज्ञप्तिमा मुख्यमन्त्रीले आफू सुशासन, पारदर्शिता र भ्रष्टाचारमुक्त समाज निर्माणप्रति प्रतिबद्ध रहेको उल्लेख गर्नुभएको छ ।
विज्ञप्तिमा उहाँले प्रदेश सरकार सञ्चालनमा मितव्ययिता, खर्च कटौती र पारदर्शितालाई प्राथमिकतामा राखेर काम गरिरहेको दाबी गर्नुभएको छ। साथै, तीन तहका सरकारबीच समन्वय, सहकार्य र सहअस्तित्वको सिद्धान्तअनुसार आफूले सधैँ संघीय सरकारका सकारात्मक प्रयासलाई समर्थन गर्दै आएको उहाँले जनाउनुभएको छ ।








प्रतिक्रिया राख्नुहोस्