चट्याङबाट बागलुङमा एक जनाको मृत्यु, दर्जन बढी घरमा क्षति
बागलुङ । बैशाख अविरल वर्षासँगै परेको चट्याङले पश्चिम बागलुङको बडिगाडमा एक जनाको ज्यान गएको छ । चट्याङले दर्जन बढी घरमा क्षति पुगेको छ ।
बडिगाड गाउँपालिका वडा नं. १ सिरानका ४८ वर्षीय रुमबहादुर भुजेलको आइतबार राति चट्याङ लागेर ज्यान गएको वडा अध्यक्ष बोमबहादुर थापाले जानकारी दिनुभयो । थापाका अनुसार भुजेलको घरमै चट्याङ लागेर ज्यान गएको हो ।
पछिल्लो समय लगातार भइरहेको वर्षासँगै परेको चट्याङले बडिगाड क्षेत्रका दर्जन बढी घरमा क्षति समेत पुगेको छ । बडिगाड गाउँपालिका वडा नं. १ का अधिकांश घरका स–साना विद्युतीय उपकरणमा क्षति पुगेको वडा अध्यक्ष थापाले बताउनुभयो ।
चट्याङ परिरहेको समयमा विद्युतको मेन स्विच अफ गर्दै गर्दा हाई भोल्टेज करेन्ट प्रवाहका कारण मृत्यु भएको हुनसक्ने वडाध्यक्ष थापाको अनुमान छ ।








प्रतिक्रिया राख्नुहोस्