तपाईँ सुन्दै हुनुहुन्छः

रामग्राममा ८० स्वास्थ्य स्वयंसेविकालाई साइकल वितरण, स्वास्थ्य सेवा प्रवाहमा सहजता

नवलपरासी,पश्चिम्। पश्चिम नवलपरासीको रामग्राम नगरपालिकाले समुदायस्तरमा स्वास्थ्य सेवा प्रवाहलाई प्रभावकारी बनाउन महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरूलाई साइकल वितरण गरेको छ।

नगरपालिकाले ८० जना स्वयंसेविकालाई साइकल उपलब्ध गराएको हो। घर–घरमै पुगेर सेवा दिँदै आएका स्वयंसेविकालाई साइकल वितरण गरेपछि सेवा प्रवाह थप सहज र नियमित हुने अपेक्षा गरिएको छ।

नगरपालिकाका जनस्वास्थ्य निरीक्षक सुरज हरिजनका अनुसार ग्रामीण तथा दुर्गम बस्तीमा स्वास्थ्य सेवा पहुँच विस्तार गर्न कार्यक्रम सञ्चालन गरिएको हो। साइकल पाएपछि स्वयंसेविकाहरूले सेवाग्राहीसम्म छिटो पुग्न सक्ने विश्वास व्यक्त गरिएको छ।

साइकल वितरण कार्यक्रममा नगरप्रमुख धनपत यादवले स्वास्थ्य स्वयंसेविकाहरूको भूमिकालाई महत्वपूर्ण भन्दै उनीहरू समुदायस्तरको स्वास्थ्य सेवाको आधार भएको बताउनुभयो। उहाँले सेवा–सुविधा थप सुधार गर्दै जाने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो।

त्यसैगरी प्रमुख प्रशासकीय अधिकृत भुपेन्द्र पाण्डेयले स्वयंसेविकाहरूको योगदानका कारण नगरपालिकाको स्वास्थ्य सेवा सुधार हुँदै गएको उल्लेख गर्नुभयो।

साइकल वितरणपछि खोप सेवा, गर्भवती तथा सुत्केरी महिलाको निगरानी, बालबालिकाको पोषण तथा नियमित स्वास्थ्य परामर्शजस्ता सेवा अझ प्रभावकारी हुने अपेक्षा गरिएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button