तपाईँ सुन्दै हुनुहुन्छः

अनुकूल मौसम र उन्नत बीउको प्रभाव: बाँकेमा गहुँ उत्पादन बढ्ने सङ्केत

बाँके । यस वर्ष बाँके जिल्लामा गहुँ खेती विगतका वर्षहरूको तुलनामा बढ्ने सङ्केत देखिएको छ। कृषि ज्ञान केन्द्र बाँके का अनुसार जिल्लामा हाल करिब २० हजार हेक्टर क्षेत्रफलमा गहुँ खेती हुँदै आएको छ।

अनुकूल मौसम, सिँचाइको पर्याप्त सुविधा र उन्नत बीउको प्रयोगका कारण यस वर्ष उत्पादनमा सकारात्मक वृद्धि हुने अनुमान गरिएको छ। केन्द्रका प्रमुख तथा कृषि अर्थ निर्देशक डा। विनोद घिमिरे ले गत वर्षको तुलनामा यस वर्ष उत्पादन बढ्ने सङ्केत स्पष्ट देखिएको बताउनुभयो ।

उहाँले भन्नुभयो,गत वर्ष जिल्लामा ७७ मेट्रिक टन गहुँ उत्पादन भएको उल्लेख गर्दै उनले यस वर्ष उन्नत प्रविधि र अनुकूल वातावरणका कारण उत्पादनमा वृद्धि हुने विश्वास व्यक्त गर्नु भयो । उहाँले “उन्नत बीउ, मौसमको साथ र बालीको आवश्यकता अनुसार सिँचाइको सुविधा उपलब्ध हुँदा यस वर्ष गहुँ खेती अझ सुदृढ हुने देखिएको छ ।,”

हाल किसानहरू गहुँ भित्र्याउने चरणमा रहेकाले पूर्ण तथ्याङ्क आइसकेको छैन। तर प्रारम्भिक अवस्था र खेतको अवस्था हेर्दा उत्पादन वृद्धि हुने सङ्केतहरू स्पष्ट देखिएको कृषि ज्ञान केन्द्र बाँकेले जनाएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button