तपाईँ सुन्दै हुनुहुन्छः

पुलिस क्लब पिएम कप एनभिए लिगको महिलातर्फको फाइनलमा

काठमाडौँ । नेपाल पुलिस क्लब एक खेलअघि दशौँ पिएम कप एनभिए लिगको महिलातर्फको फाइनलमा पुगेको छ ।

राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा जारी लिगको सातौं दिन बुधबार लगातार चौथो जित निकाल्ने क्रममा पुलिसले एपिएफलाई ३–१ सेटमा हराउँदै अन्तिम दुईको यात्रा तय गरेको हो ।

पहिलो सेट गुमाएको पुलिसले त्यसपछि लगातार ३ सेट जितेको थियो । फाइनलअघि पुलिस र न्यु डायमन्ड युथ स्पोर्टस क्लब फाइनलअघि बिहीबार लिगमा खेल्नेछन् । न्यु डायमन्ड हिजै अन्तिम खेलअघि नै फाइनल पुगेको थियो । लिगमा पुलिस र न्यु डायमन्ड अपराजित छन् ।

पहिलो खेलमा एभरेष्ट भलिबल क्लबले त्रिभुवन आर्मी क्लबलाई २०–२५,२५–१५,२५–१४,२५–१९ मा हराएको थियो ।

नेपाल भलिबल सङ्घको आयोजनामा बैशाख १९ गते सम्म चल्ने प्रतियोगितामा क्लब च्याम्पियनसिपबाट छनोट भएका महिलातर्फका ६ र पुरुषतर्फका ८ टोलीले लिगमा प्रतिस्पर्धा गरिरहेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button