वीपी राजमार्गको रोशी खण्ड पुनः अवरुद्ध
काभ्रेपलाञ्चोक । वीपी राजमार्गको काभ्रेपलाञ्चोकस्थित रोशी गाउँपालिका खण्डमा सडक पुनः अवरुद्ध भएको छ।
गएको बैशाख १२ गते रोशी खोलामा आएको बाढीले अस्थायी ड्राइभर्सन बगाएपछि राजमार्ग सोमबार दिउँसोबाट सञ्चालनमा आएको थियो। तर गएरातिको वर्षापछि सडक फेरि अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ।
प्रहरीका अनुसार सडक खुलाउने प्रयास भइरहेको छ। वर्षाका कारण सडकको अवस्था बिग्रिएपछि तत्काल यातायात सञ्चालनमा कठिनाइ भएको छ।
राजमार्ग अवरुद्ध हुँदा पूर्वतर्फ गएका धेरै सवारी साधनलाई धुलिखेलमा रोकिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ।
यसअघि २०८१ साल असोज १०, ११ र १२ गते रोशी खोलामा आएको भीषण बाढीले करिब १३ किलोमिटर सडक खण्ड क्षतिग्रस्त बनाएको थियो। त्यसयता सामान्य पानी परेपछि पनि रोशी गाउँपालिका क्षेत्रमा पर्ने राजमार्ग बारम्बार अवरुद्ध हुने गरेको छ।








प्रतिक्रिया राख्नुहोस्