तपाईँ सुन्दै हुनुहुन्छः

सप्तरीमा सशस्त्र प्रहरी हवल्दारको उपचारका क्रममा मृत्यु

सप्तरी। सप्तरीको बोदे बर्साईन नगरपालिका–५ स्थित सशस्त्र प्रहरी बल नेपालको फोर्वार्ड अपरेटिङ बेसमा कार्यरत एक सशस्त्र प्रहरी हवल्दारको मृत्यु भएको छ।

मृत्यु हुनेमा बारा जिल्लाको पचरौटा नगरपालिका–८ निवासी ३८ वर्षीय जितेन्द्र कुमार यादव रहेका छन्।

आइतबार राति करिब साढे ३ बजेतिर शौचालय जाने क्रममा ब्यारेकको प्यासेजमा लडेर उनी अचेत अवस्थामा फेला परेका थिए। अचेत अवस्थामा रहेका उनलाई तत्काल उपचारका लागि बोदे बर्साईनस्थित जीवन ज्योति अस्पताल लगिएको थियो।

त्यहाँ प्रारम्भिक उपचारपछि थप उपचारका लागि राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पताल पठाइएकोमा उपचारकै क्रममा आज बिहान ४ बजेर २५ मिनेटमा चिकित्सकले मृत घोषणा गर्नुभएकाे हाे।

घटनाबारे सशस्त्र प्रहरी बल नेपाल नम्बर ६ गण मुख्यालय सप्तरीले जानकारी दिएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button