मनोहरा सुकुमबासी बस्तीमा अनधिकृत रूपमा बनाइएका घरटहरा हटाउने कार्य जारी
भक्तपुर। मनोहरा खोला किनारस्थित सुकुमबासी बस्तीमा अनधिकृत रूपमा बनाइएका भत्काउन बाँकी घरटहरा आज पनि हटाउन सुरु गरिएको छ ।

१३ वटा डोजर प्रयोग गरेर बिहानै देखि बाँकी घरहरू भत्काउन सुरु गरिएको हो । करिब ८ सय घरटहरा रहेको सो बस्तीमा ६० प्रतिशत संरचना हिजो भत्काइएको थियो।
अवैध घरटहरा भत्काउन प्रहरी र काठमाडौँ महानगरपालिकाका नगर प्रहरी परिचालन गरिएको छ ।

जिल्ला प्रहरी परिसर भक्तपुरका प्रमुख एवं प्रहरी उपरीक्षक सूर्यबहादुर खड्काले यहाँका अधिकांश घर टहराबाट सामान सारेर खाली बनाएपछि भत्काउन थालिएको बताउनुभयो ।
सरकारले काठमाडौँ उपत्यकाका नदी किनार तथा जोखिमपूर्ण सार्वजनिक र सरकारी जग्गा खाली गर्ने अभियानअन्तर्गत डोजर लगाएर यहाँका घरटहरा अस्ति देखि नै भत्काउन सुरु गरिएको हो ।








प्रतिक्रिया राख्नुहोस्