मनोहराका सुकुम्वासी बस्ती: एक तिहाइ संरचना भत्काइयो
भक्तपुर । भक्तपुरको मनोहरा खोला किनारस्थित सुकुम्वासी बस्तीमा अनधिकृत रूपमा बनाइएका ७० प्रतिशत घर, टहरा तथा संरचना आज भत्काइएको छ ।
आज बिहान १०ः०० बजेदेखि काठमाडौँ महानगरपालिकाबाट आएका सात वटा डोजरको सहायताले सुकुम्वासी बस्तीका ७० प्रतिशत संरचना भत्काइएको हो ।
पछि असिना पानी परेर बिथोलिएकाले आजको संरचना भत्काउने कार्यलाई स्थगित गर्नुपरेको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रमुख एवं प्रहरी उपरीक्षक सूर्यबहादुर खड्काले जानकारी दिनभयो ।
आज भत्काउन बाँकी भएका संरचनालाई भोलि (सोमबार) भत्काइने जानकारी दिँदै उहाँले हिजोसम्म ८० प्रतिशतले सबै सामान सारेकाले आज बस्तीका बाँकी बासिन्दाले पनि सबै सामान सारेर सहज गरेका उल्लेख गर्नुभयो ।
आजका लागि सुकुम्वासी बस्तीमा भक्तपुरबाट खटिएका एक हजार ४ सय नेपाल प्रहरी र ६सय सशस्त्र प्रहरी गरी दुई हजार सुरक्षाकर्मी परिचालन गरिएको उहाँले जानकारी दिनुभयो । सोमबारसम्म सबै संरचना भत्काइने उहाँले बतउनुभयो । यहाँबाट बस्ती छाडेको वास्तविक सुकुम्वासीलाई दशरथ रङ्गशालामा पठाइएको बताउँदै उहाँ त्यहाँबाट उहाँहरूलाई खान र बस्नका लागि होल्डिङ सेन्टरमा पठाइएको उल्लेख गर्नुभयो ।








प्रतिक्रिया राख्नुहोस्