तपाईँ सुन्दै हुनुहुन्छः

सुनकोशी नदीमा बेपत्ता व्यक्ति मृत भेटिए

उदयपुर । उदयपुरमा सुनकोशी नदीमा बेपत्ता भएका एक व्यक्ति मृत अवस्थामा फेला परेका छन्।

जिल्लाको लिम्चुङबुङ गाउँपालिका–५ चौलाने निवासी अन्दाजी ५१ वर्षीय रामशेर राई आइतबार रौतामाई गाउँपालिका–३ भदौरेस्थित सुनकोशी नदी किनारमा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार गत बैशाख ८ गते राति करिब ११ बजे राईसहित ९ जना माछा मार्न सुनकोशी नदीमा गएका थिए। सोही क्रममा लिम्चुङबुङ गाउँपालिका–४ सानरलुङस्थित नदीबाट राई बेपत्ता भएका थिए। घटना लगत्तै प्रहरी टोली परिचालन गरी खोजी कार्य सुरु गरेको थियो।

खोजतलासकै क्रममा आइतबार भदौरे क्षेत्रमा उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ। घटनास्थलमा प्रहरी निरीक्षकसहितको टोली पुगेर आवश्यक कानुनी प्रक्रिया पूरा गरेको थियो।

शवलाई पोस्टमार्टमका लागि जिल्ला अस्पताल गाईघाट ल्याइएकोमा परीक्षणपछि मृतकका छोरा जापान राईलाई बुझाइएको जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी डीएसपी निरन्जन थापाले जानकारी दिनुभयो । 

घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button