प्रदेश प्रमुख मियाँ र मुख्यमन्त्रीबीच भेट
कैलाली । सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख नजीर मियाँ र मुख्यमन्त्री कमलबहादुर शाहबीच शिष्टाचार भेटवार्ता भएको छ । आज यहाँ प्रदेश प्रमुख निवासमा प्रदेश प्रमुख मियाँ र मुख्यमन्त्रीबीच भेटवार्ता भएको हो ।
भेटमा समसामयिक राजनीति र प्रदेशसभाको आठौँ अधिवेशन आह्वानका विषयमा कुराकानी भएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ । मुख्यमन्त्री शाहले नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम वैशाख १७ गते बिहीबार अपराह्न ४ः०० बजे अधिवेशन आह्वान गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गर्नुभयो । रासस








प्रतिक्रिया राख्नुहोस्