चट्याङबाट एक जनाको मृत्यु
स्याङ्जा । शुक्रबार परेको चट्याङको कारण स्याङ्जामा एक जनाको मृत्यु भएको छ भने कुखुरा फर्ममा ठूलो क्षति भएको छ ।
मृत्यु हुनेमा बिरुवा गाउँपालिका २ श्री डाँडा निवासी २० वर्षीय मिलन विक रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रशन्न राज चौधरीले जानकारी दिनुभयो ।
सोही चट्याङमा परी हरिनास गाउँपालिका ४ बस्ने ५८ वर्षीय खिम बहादुर थापा घाइते भएको प्रहरीले जनाएको छ । हरिनाश गाउँपालिका ४ सारुथर बस्ने ५० वर्षका तेज बहादुर थापाले सञ्चालन गरेको कुखुरा फर्ममा चट्याङ पर्दा ५५० वटा कुखुरा मरेका छन् भने संरचना पूर्ण रूपमा नष्ट भएको छ ।








प्रतिक्रिया राख्नुहोस्