तपाईँ सुन्दै हुनुहुन्छः

युक्रेनमा रूसी आक्रमण जारी, दुई जनाको मृत्यु, २१ घाइते

युक्रेन । युक्रेनको पूर्वी डिनिप्रो शहरमा भएको पछिल्लो रूसी आक्रमणमा  दुई जनाको मृत्यु हुनुका साथै २१ जना घाइते भएको अधिकारीहरुले शनिबार बताएका छन् । 

उद्धारकर्मीहरूले रूसी आक्रमणबाट ध्वस्त भएको डिनिप्रो स्थित एउटा भवनको भग्नावशेषबाट दुई जनाको शव बरामद गरेको ड्रिन्प्रोपेट्रोभस्क क्षेत्रीय सैन्य प्रशासनका प्रमुख ओलेक्सान्डर गान्झाले बताउनु भएको छ ।

पाँच जना अझै पनि भग्नावशेषमुनि फसेको हुन सक्ने आशङ्का गरिएको बताउँदै उहाँले  २१ जना घाइते भएको पुष्टि गर्नु भएको भएको छ ।

राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनमा भएको पछिल्लो रूसी आक्रमणमा चार जनाको मृत्यु भएको र करिब ३० जना घाइते भएको बताउनु भएको छ ।

आक्रमणको सामना गर्न साझेदारहरूलाई तत्काल र सहकार्य आवश्यक रहेको बताउँदै हवाई रक्षा बलियो बनाउन तथा रुस विरुद्ध युरोपेली प्रतिबन्धको २१औँ प्याकेजतर्फ पनि अघि बढ्नु पर्ने बताउनु भएको छ ।

युक्रेनको सिमानामा रहेको रुसमा भएको युक्रेनी ड्रोन आक्रमणमा परी एक जना घाइते भएको गभर्नर अलेक्जान्डर खिन्स्टेनले शनिबार बताउनु भएको छ । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button