तपाईँ सुन्दै हुनुहुन्छः

आजदेखि थापाथलीसहित चार स्थानका अनधिकृत बस्ती हटाइँदै

काठमाडौं । सरकारले आजदेखि थापाथली, मनोहरा, सिनामंगल र गैरिगाउँका सुकुमवासी बस्ती हटाउने अभियान सुरु गरेको छ । बिहानैदेखि थापाथली क्षेत्रमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

काठमाडौं महानगरपालिकाको डोजरसहित सुरक्षाकर्मीको टोली पहिलो चरणमा थापाथली पुग्ने र त्यसपछि सिनामंगल तथा गैरिगाउँका अनधिकृत बस्ती हटाइने जनाएको छ । दोस्रो चरणमा बाँकी सुकुमवासी बस्ती हटाउने तयारी गरिएको महानगरपालिकाले जनाएको छ ।

सरकारले सुरु गरेको सुकुम्वासी तथा भूमिहीन व्यवस्थापन प्रक्रियालाई सहयोग गर्न नेपाल प्रहरीले नदी किनार तथा सार्वजनिक स्थानमा बसोबास गरिरहेका नागरिकलाई आग्रह गरेको छ ।

नेपाल प्रहरीका प्रवक्ता अबिनारायण काफ्लेले वास्तविक सुकुमवासी र भूमिहीन पहिचान गरी न्यायोचित आवास तथा अधिकार सुनिश्चित गर्ने उद्देश्यसहित अभियान अघि बढाइएको जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button