बन्दुकको छर्राले घाइते बैतडीका वडा सदस्यको मृत्यु

बैतडी । बैतडीमा भरुवा बन्दुक पड्किँदा घाइते भएका सुर्नया गाउँपालिका–२ का ४५ वर्षीय वडा सदस्य दानबहादुर ऐरीको मृत्यु भएको छ।
आफैले भरेको बन्दुकको छर्रा घाँटीमा लागेर बुधबार साँझ घाइते भएका ऐरीलाई जिल्ला अस्पताल बैतडीमा सामान्य उपचारपछि धनगढी रिफर गरिएको थियो।
माया मेट्रो अस्पतालमा उपचारपछि घर फर्काउने क्रममा शुक्रबार दिउँसो करिब ३ः०० बजे बाटोमै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता, प्रहरी निरीक्षक बलदेव बडूले जानकारी दिनुभयो ।
शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल बैतडीमा राखिएको प्रहरीले जनाएको छ।








प्रतिक्रिया राख्नुहोस्