तपाईँ सुन्दै हुनुहुन्छः

दुई खेलको एक दिवसीय सिरिजमा ओमानसँग नेपाल ‘ए’ को बराबरी

काठमाडौँ । घरेलु मैदानमा भएको ओमनसँगको दुई खेलको एक दिवसीय सिरिजमा नेपाल ‘ए’ टोलीले बराबरी गरेको छ । 

शुक्रबार भएको खेलमा नेपाल ‘ए’ टोलीले ओमनमाथि ११५ रनको फराकिलो जित निकालेको हो । यो जितसँगै नेपाल ‘ए’ टोलीले सिरिज बराबरी गरेको हो । नेपाल ‘ए’ टोली पहिलो खेलमा ओमनसँग ७० रनले पराजित भएको थियो ।

नेपालले दिएको २८५ रनको लक्ष्य पछ्याएको ओमन ३६.३ ओभरमा १६९ रन बनाउँदा अलआउट भयो । 

त्यसअघि माथिल्लो मुलपानी क्रिकेट मैदानमा ओमनले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको नेपाल ‘ए’ टोलीले निर्धारित ५० ओभरमा सात विकेटको क्षतिमा २८४ रनको योगफल तयार पारेको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button