तपाईँ सुन्दै हुनुहुन्छः

सहारा एकेडेमीमा शनिबार मैत्रीपूर्ण फुटबल खेल हुने

पोखरा । सहारा क्लब पोखराको सहकार्यमा पोखरा प्रवर्द्धन केन्द्र तथा पोखरा क्लिकको आयोजनामा शनिबार पोखरामा मैत्रीपूर्ण फुटबल खेल आयोजना हुने भएको छ ।

DCIM100MEDIADJI_0996.JPG

पोखरा–१७ दोबिल्लास्थित सहारा फुटबल एकेडेमीको खेल मैदानमा शनिबार बिहान ९ः३० बजे हुने उक्त खेलमा पोखरा क्षेत्रका लब्ध प्रतिष्ठित व्यक्तित्व, उद्योगी व्यवसायी, पर्यटन तथा खेलकुदकर्मी, जनप्रतिनिधि तथा क्लब एवं आयोजक समितिका प्रतिनिधिहरूको सहभागिता रहने सहारा क्लबका अध्यक्ष केशव बहादुर थापाले जानकारी दिनुभयो ।

यसैबीच, सहारा एकेडेमीमा हाल १६ जिल्लाका ३० जना बालकहरू रहनुभएको क्लबका उपाध्यक्ष एवं एकेडेमी संयोजक विनु राना मगरले बताउनुभयो । २६ रोपनी क्षेत्रफलमा फैलिएको उक्त एकेडेमीले बालबालिकाको खेलकुद विकासमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको छ ।

सोही अवसरमा पहिलो ‘पोखरा नाइट स्ट्रिट रेस’को समीक्षा तथा शुभकामना आदानप्रदान कार्यक्रम पनि आयोजना गरिने प्रतियोगिता पनि हुने छ । 

“जाग्छ पोखरा, दौडाउँछ पोखरा” भन्ने मूल नारासहित आयोजित पहिलो ‘पोखरा नाइट स्ट्रिट रेस’ २०८२ चैत २८ गते सम्पन्न भएको थियो । प्रतियोगितामा नेपालसहित पाँच देशका १४५ जना धावकहरूको सहभागिता रहेको थियो ।

खुलातर्फ दार्चुलाका मुकेश थापा विजेता बनेका थिए भने पर्वतका सुवास गुरुङ दोस्रो र अकलबहादुर पाल तेस्रो स्थानमा हुनुभयो । महिलातर्फ पुष्पा शर्मा लिम्बुले पहिलो स्थान हासिल गर्दा यू–१६ विधामा राम ढुङ्गाना विजेता हुँदा विदेशी विधातर्फ फ्रान्सका स्याम्यूलले उत्कृष्ट प्रदर्शन गर्दै प्रथम स्थान हासिल गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button