इलाम गोल्डकप: रोलिङ क्लब धुलाबारी झापालाई पराजित गर्दै एनआरटी फाइनलमा

इलाम । डिफेन्डिङ च्याम्पियन न्युरोड टीम (एनआरटी) इलाम गोल्डकपको फाइनलमा प्रवेश गरेको छ।
रोलिङ क्लब धुलाबारी झापालाई टाइब्रेकरमा ४–३ गोलले पराजित गर्दै एनआर्टी उपाधि होडमा पुगेको हो ।

निर्धारित समयमा १–१ गोलको बराबरी भएपछि खेल टाइब्रेकरमा धकेलिएको थियो । एनआरटीका विज्ञान खड्काले खेलको पहिलो हाफको इन्जुरी समयमा पहिलो गोल गरे । रोलिङ क्लबका लागि खेलको ८१ औँ मिनेटमा फागुराम चौधरीले १ गोल गरी खेल बराबरी बनाए । पहिलो हाफ एनआटीले दबाबमा राखे पनि दोस्रो हाफमा खेल प्रतिस्पर्धात्मक बन्यो । रोलिङले पटक पटक अवसर सदुपयोग गर्न सकेन ।

आजको प्लेयर अफ द म्याच एनाआरटीका विशाल सुनुवार बने । उनले नगद ८ हजार एकसय सहित ट्रफी प्राप्त गरे । बुधबार सम्पन्न खेलबाट मच्छिन्द्र फुटबल क्लब काठमाडौँ उपाधि होडमा पुगिसकेको छ ।
रेडहर्स फुटबल क्लबको आयोजनामा इलामस्थित ठूलो टुँडिखेलमा जारी प्रतियोगिताको विजेताले नगद १० लाख र उपविजेताले नगद ५ लाख प्राप्त गर्नेछन् ।

बैशाख ५ गतेदेखि सुरु भएको प्रतियोगिताको १२ गते फाइनल खेल हुनेछ ।








प्रतिक्रिया राख्नुहोस्