तपाईँ सुन्दै हुनुहुन्छः

क्यान्सर बिरामीहरूलाई आर्थिक सहयोग गर्ने गण्डकी प्रदेश सरकारको निर्णय

कास्की । गण्डकी प्रदेश सरकारको बुधवार बसेको मन्त्रीपरिषद् बैठकले आपतकालीन स्वास्थ्य सेवा तथा संक्रमण रोग व्यवस्थापन कार्यविधि २०८३ स्वीकृत  गर्ने निर्णय गरेको छ । प्रदेशका आर्थिक मामिला मन्त्री जित बहादुर शेरचनले मन्त्रालयमा  पत्रकार सम्मेलन गरेर जानकारी दिनु भएको हो ।

५३ रोग तथा थप नयाँ सरुवा सङ्क्रमण रोग महामारीको रुपमा आएमा खर्च गर्न सकिने ५ करोड आपतकालीन कोष निर्माण गने निर्णय गरेको छ । मन्त्रीपरिषद्को निर्णय सार्वजनिक गर्दै प्रदेशका अर्थ मन्त्री तथा सरकारका प्रवक्ता जित बहादुर शेरचनले जानकारी दिनु भयो ।

बैठकले  गण्डकी प्रदेश निजामती सेवा तथा स्थानीय सेवा कर्मचारीको योगदानमा आधारित निवृत्तिभरण कोष सम्बन्धमा व्यवस्था गर्ने भन्ने विधेयक अवधारणा स्वीकृत गरेको छ ।  प्रदेशमा क्यान्सर रोग जस्ता गम्भीर प्रकृतिका १९६  बिरामीहरूको  हरूका लागि आर्थिक साहायता गर्ने निर्णय समेत गरेको छ ।

बैठकले  बजेट कार्यान्वयन कार्यक्रममा कार्यान्वयन कार्यविधि संशोधन २०८२ र   सचिवालयमा ४ आटो गाडी खरिद गर्ने निर्णय गरेको छ ।

जेन्जी आन्दोलन मा जलाएको सम्पत्ति तथा जिन्सी मालसामान लिलाम तथा मिनाहा गर्ने निर्णय गरेको शेरचनले बताउनु भयो । पछिल्लो समय गण्डकी प्रदेश सरकारले मन्त्री परिषद्का निर्णयहरू पत्रकारहरू माझ सार्वजनिक नगरेको भन्दै चर्काे विरोध हुँदै आएको थियो  । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button