सरकारी निकायलाई वेबसाइट अद्यावधिक र गुनासो सम्बोधन गर्न निर्देशन
काठमाडौँ ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले मन्त्रालय, आयोग, सचिवालय, प्रदेश सरकार तथा स्थानीय तहलाई आफ्ना वेबसाइट अद्यावधिक गर्न र सेवाग्राहीका गुनासा तत्काल सम्बोधन गर्न निर्देशन दिएको छ।
बुधबार जारी सूचनामा सार्वजनिक निकायका वेबसाइटमा कार्यालय प्रमुख, प्रवक्ता तथा सूचना अधिकारीको विवरण पुरानो रहेको र कार्यालयका टेलिफोन तथा मोबाइल फोन नउठ्ने गुनासा बढ्दै गएको उल्लेख गरिएको छ।
सूचनामा कर्मचारीहरूको नाम, मोबाइल नम्बर र इमेल विवरण वेबसाइटमा तत्काल अद्यावधिक गर्न भनिएको छ। साथै, कार्यालय प्रमुख, प्रवक्ता र सूचना अधिकारीले कार्यालय समयभित्र अनिवार्य रूपमा फोन उठाई नागरिकले माग गरेको सूचना दिन र गुनासा तत्काल सम्बोधन गर्ने व्यवस्था मिलाउन आग्रह गरिएको छ।
कार्यालयले सेवा प्रवाहलाई प्रभावकारी बनाउन र नागरिकको पहुँच सहज बनाउन यस्तो निर्देशन दिएको जनाएको छ।









प्रतिक्रिया राख्नुहोस्