नेपाली नाटक ‘देह पर कोठी खसा दिअ’ नयाँ दिल्लीमा मञ्चन’ हुने

काठमाडौँ । रङ्गसूत्र नेपालले नयाँ दिल्लीमा आयोजना हुन लागेको मलंगिया महोत्सवमा ‘देह पर कोठी खसा दिअ’ नेपाली नाटकको मञ्चन गर्ने भएको छ ।
महेन्द्र मलंगियाले लेख्नुभएको नाटकको रङ्गकर्मी राम भजन कामत र पुष्पराज अवस्थीले संयुक्त रुपमा निर्देशन गर्नुहुने छ ।
कलाकारहरू रुपेशकुमार मण्डल, रीना रिमाल, राम भजन कामत, सागर कार्की, वीरेन्द्रसिंह कुशवाहा, पुष्पराज अवस्थी, चन्द्रशेखर राय र आयुष्मा जोशीले नाटकमा अभिनय गर्दै हुनुहुन्छ भने नाटकको प्रकाश परिकल्पना श्रीकृष्ण शाहीले गर्नुहुने छ ।
उक्त नाटकमा सुरज घर्ती मगर ध्वनि व्यवस्थापन तथा राजिप यादव प्रप्स व्यवस्थापन र रीना रिमालको भेषभूषा व्यवस्थापनको जिम्मेवारी रहेको रङ्गसूत्र नेपालले जनाएको छ ।
वैशाख ११ गतेदेखि १५ गतेसम्म सञ्चालन हुने महोत्सवमा मैथिली भाषामा तयार गरिएको उक्त नाटक १४ गते साँझ ७ बजे मञ्चन हुने कार्यक्रम छ । महोत्सवमा लेखक महेन्द्र मलंगियाका ३५ वटा फरक–फरक नाटक मञ्चन हुने र सबै नाटक मैथिली भाषामै प्रस्तुत गरिने आयोजकले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्