स्वास्थ्य मन्त्री मेहतासँग र एडिबीका देशीय निर्देशकको शिष्टाचार भेट

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या र खानेपानी मन्त्री निशा मेहतासँग एसियाली विकास बैङ्क(एडिबी)का देशीय निर्देशक आर्नो काउचोइसले आज शिष्टाचार भेट गर्नुभएको छ ।
खानेपानी मन्त्रालयमा उहाँहरुबीच भेटवार्ता भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले जानकारी दिनुभयो । भेटवार्तामा स्वास्थ्य तथा खानेपानीका क्षेत्रमा हाल भइरहेका क्रियाकलाप र आगामी कार्यक्रमको बारेमा छलफल भएको उहाँले बताउनुभयो ।

साथै कार्यक्रम कार्यान्वयनका क्रममा देखिएका सबल पक्ष एवं भविष्यका सम्भावनाबारे छलफल भएको उहाँले जानकारी दिनुभयो ।







प्रतिक्रिया राख्नुहोस्